बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दही खानुका यस्ता छन् फाइदा

सोमबार, १० कात्तिक २०८२, ११ : ४१
सोमबार, १० कात्तिक २०८२

सारांश

  • दही नेपाली आहारको महत्त्वपूर्ण हिस्सा हो र यसको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि छ।
  • दहीमा पाइने प्रोबायोटिक्सले पाचन सुधार गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, र मुटुलाई स्वस्थ राख्छ।
  • दहीले तौल घटाउन, हड्डी बलियो बनाउन, र शरीरलाई विभिन्न संक्रमणबाट बचाउन मद्दत गर्छ।

काठमाडौँ । दही नेपाली आहारको महत्त्वपूर्ण हिस्सामा पर्छ । सुपरफुडको रूपमा चिनिने दहीको धार्मिक-सांस्कृतिक महत्त्व पनि छुट्टै छ । प्रोबायोटिक्सले भरिपूर्ण दही पेटका लागि अत्यन्तै लाभदायक मानिन्छ । यसले पाचन सुधार गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

दहीमा पाइने गुड ब्याक्टेरिया आन्द्राको स्वास्थ्यका लागि लाभदायक मानिन्छ । क्याल्सियम, भिटामिन बी १२ र प्रोटिनको राम्रो स्रोत दहीले हड्डी र ऊर्जाको स्तर कायम राख्न मद्दत गर्छ । दैनिक रूपमा दही खानुका अनेक फाइदा छन् । 

  • मुटुलाई बलियो राख्छ

दही खानु मुटुका लागि अत्यन्तै लाभदायक हुन्छ । यसले शरीरमा कोलेस्टेरोलको स्तर नियन्त्रण गर्छ र धमनीहरूमा जम्मा हुनबाट रोक्छ । जसले गर्दा मुटुरोगको जोखिम कम हुन्छ । दहीमा पाइने पोटासियमले रक्तचापलाई पनि नियन्त्रण गर्छ, जसले उच्च रक्तचाप जस्ता रोगलाई रोक्न मद्दत गर्छ ।

  • पाचनलाई बलियो बनाउँछ

दहीमा पाइने प्रोबायोटिक्स अर्थात् ‘गुड ब्याक्टेरिया’ले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ । तिनीहरूले हानिकारक ब्याक्टेरियाहरूलाई हटाउँछन् र पाचन प्रक्रियालाई सुधार गर्छन् । ग्यास्ट्रिक, पेट फुल्ने, भारीपन वा इरिटेबल बोवेल सिन्ड्रोमबाट पीडितलाई दैनिक रूपमा दही खानु धेरै फाइदाजनक हुन सक्छ ।

  • तौल घटाउन उपयोगी

दहीमा रहेको क्याल्सियमले शरीरको तनाव हर्मोन ‘कोर्टिसोल’लाई नियन्त्रण गर्छ । यो हर्मोनले पेट वरिपरि बोसो जम्मा गर्छ । दैनिक एक कचौरा दही खाँदा कोर्टिसोलको स्तर कम हुन्छ, जसले पेटको बोसो घटाउन मद्दत गर्छ । दहीले मांसपेशीको भारलाई पनि कायम राख्छ, जसले तपाईंलाई तौल घटाएपछि पनि फिट देखिन मद्दत गर्छ ।

  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ 

दहीले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । यसमा पाइने गुड ब्याक्टेरियाले सङ्क्रमणसँग लड्न मद्दत गर्छ । यसलाई दैनिक खाँदा रोगसँग लड्ने क्षमता बढ्छ । महिलालाई इन्फेक्सनजस्ता समस्याबाट पनि बचाउँछ । 

  • हड्डी र दाँतलाई बलियो बनाउँछ 

दही क्याल्सियम र फस्फोरसको उत्कृष्ट स्रोत हो । यी दुवै खनिजले हड्डी र दाँतलाई बलियो बनाउँछन् र जोनीको समस्या र ओस्टियोपोरोसिस जस्ता रोगबाट बचाउँछन् । दैनिक रूपमा दही खाँदा लामो समयसम्म हड्डीलाई बलियो राख्न मद्दत पुर्‍याउँछ । 

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप