सिड्नीको अस्पतालमा आईसीयूमा छन् श्रेयस अय्यर
एजेन्सी । भारतीय एकदिवसीय टोलीका उपकप्तान श्रेयस अय्यरलाई सिडनीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी हाल इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अस्ट्रेलियाविरुद्ध तेस्रो खेलमा उनको करङमा लागेको चोटका कारण आन्तरिक रक्तस्राव भएको छ ।
अय्यरले शनिबार (अक्टोबर २५) तेस्रो एकदिवसीय खेलमा ब्याकवर्ड पोइन्टबाट पछाडि दौडेर एलेक्स क्यारीको उत्कृष्ट क्याच लिएका थिए । यसै क्रममा उनको देब्रे करङमा चोट लागेको थियो । त्यसपछि उनी ड्रेसिङ रुममा फर्किए र तुरुन्तै अस्पताल लगियो ।
बताइएअनुसार श्रेयस केही दिनदेखि आईसीयूमा छन् । रिपोर्ट आएपछि आन्तरिक रक्तस्रावको पुष्टि भएको र उनलाई तुरुन्तै भर्ना गर्नुपरेको हो । रिकभरीका आधारमा उनलाई दुईदेखि सात दिनसम्म निगरानीमा राखिनेछ ।
तेस्रो एकदिवसीयमा चोट लाग्यो
सिडनीमा तेस्रो एकदिवसीय खेलका क्रममा अस्ट्रेलियाली टोली पहिले ब्याटिङ गर्दै बलियो स्थितिमा देखिएको थियो । टोलीले ३३ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर १८४ रन पनि बनाइसकेको थियो । यसैबिच हर्षित रानाको ओभरको चौथो बलमा इनसाइड आउट सट खेल्ने प्रयासमा एलेक्स क्यारीले बललाई श्रेयसले मिस टाइम गरे । श्रेयस त्यतिबेला ब्याकवर्ड पोइन्टमा फिल्डिङ गरिरहेका थिए । उनले पछाडि दौडेर शानदार क्याच लिएका थिए ।
तर बल समातेपछि उनी नियन्त्रणमा देखिएनन्, पछाडि दौडेर बल समात्दा उनको सन्तुलन बिग्रेको थियो । उनले बल समातेपछि दुई-तीन पटक पल्टिए । यसै क्रममा उनको देब्रे करङमा चोट लागेको थियो ।
बीसीसीआईले शनिबार खेलपछि अय्यरको चोटबारे जानकारी दिएको थियो । उनीहरूले अय्यरलाई देब्रे करङमा चोट लागेको र थप जाँचका लागि अस्पताल लगिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण