शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन महिनामा ८ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात

सोमबार, १० कात्तिक २०८२, १३ : ३७
सोमबार, १० कात्तिक २०८२

सारांश

  • चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ।
  • आयातमा आलु र प्याजको मात्रा सबैभन्दा बढी रहेको छ, जसमा २ अर्ब ९२ करोड ५४ लाखको आलु र १ अर्ब ८० करोड ६९ लाखको प्याज आयात भएको छ।
  • मुसुरो दाल, राज्मा, चना र लसुन लगायतका तरकारीहरु पनि उल्लेख्य मात्रामा आयात भएका छन्।

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको २०८२ साउनदेखि असोज मसान्तसम्मको तथ्यांकअनुसार उक्त परिमाणमा तरकारी आयात भएको छ  । 

जसमा हरियो तरकारी, दाल तथा गेडागुडी रहेका छन् । यसमध्ये सबैभन्दा धेरै आलु प्याज २ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ बराबरको १२०८३१.५५ मेट्रिक टन आलु आयात भएको छ । यस्तै १ अर्ब ८० करोड ६९ लाख रुपैयाँको ४४१०७.७३ मेट्रिक टन प्याज आयात भएको छ । 

५९ करोड ४९ लाख रुपैयाँको ६१२३.२९ मेट्रिक टन मुसुरो दाल, ८२ करोड ३० लाख रुपैयाँको ६९८८.५३ मेट्रिक टन राज्मा, ६८ करोड ५३ लाख रुपैयाँको ७१८.५५ मेट्रिक टन चना, ५० करोड ६७ लाख रुपैयाँको ३८१९.३७ मेट्रिक टन लसुन आयात भएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप