४ फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक, कुन फिल्मले कति कमायो ? (सूचीसहित)
सोमबार, १० कात्तिक २०८२, १५ : १९
काठमाडौँ । चार नेपाली फिल्मको पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार सबैभन्दा बढी जेरी अन टपले ६ करोड ५१ लाख भन्दा बढी कमाएको छ ।
उक्त फिल्मको १ लाख ९९ हजार भन्दा बढी टिकट बिक्री भएको छ । यस्तै त्यसपछि बलिदान फिल्मले ५ करोड ७ लाख रुपैयाँ भन्दा बढी कमाउँदा हरिबहादुरको जुत्ताले ४ करोड ७० लाख तथा माइतीघरले सबैभन्दा कम ४ करोड १२ लाख रुपैयाँ कमाएको छ ।
ती फिल्ममा बलिदानको १ लाख ६९, हरिबहादुरको जुत्ताको १ लाख ४८ हजार र माइतीघरको १ लाख ४२ हजार टिकट बिक्री भएको छ ।
यो रिपोर्ट कात्तिक ८ गतेसम्मको भएको र रिपोर्टहरू हरेक हप्ता सार्वजनिक हुने बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण