डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रूपमा डीआरजेसँग सम्झौता गरेको छ ।
आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो । सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ ।
सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले डीआरजेले उच्च गुणस्तरका खेल पोशाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
‘डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो । खेलाडीहरू र टिम दुवैका लागि उत्कृष्ट र गुणस्तरका खेल पोसाक चाहिन्छ, सीइओ खड्काले भने,‘त्यसैले हामीले डीआरजेसँग सहकार्य गरेका छौँ । यसले सुदूरपश्चिमको पोशाकमा उच्च स्तरको गुणस्तर झल्काउने छ ।’
डीआरजेका वनर दिल्लीराज जोशीले सुदूरपश्चिमसँग जोडिन पाउनु गौरवको कुरा भएको बताए ।
‘सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा आफ्नै माटोसँग जोडिएको अनुभूति भएको छ । पछिल्लो सिजन जस्तै उत्कृष्ट प्रदर्शन यो सिजन उपाधि जित्ने कुरामा विश्वस्त छु,’ जोशीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण