खेलकुद
सावित्राको दुई गोलमा भारतमाथि नेपालको जित
सोमबार, १० कात्तिक २०८२, २० : १५
काठमाडौँ । सावित्रा भण्डारीको दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्रिकोणात्मक अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतमाथि जित निकालेको छ ।
शिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको हो ।
नेपाललाई जित दिलाउन सावित्राले ब्यक्तिगत दुई गोल गरिन् । यता भारतकालागि करिश्मा पुरुषोतम् श्रीभोल्करले एक गोल फर्काइन ।
सावित्राले खेलको दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । खेलको ६३औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।
खेलको ८१औँ मिनेटमा भारतका लागि करिश्माले गोल गरेपनि नेपालले २–१ गोलको जित निकाल्न सफल भयो । जितसँगै नेपालले प्रतियोगितामा २ खेलबाट ३ अंक जोडेको छ ।
प्रतियोगितामा इरानले भारत र नेपाललाई हराउँदै उपाधि उचालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण