छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
जनकपुरधाम । मिथिलाञ्चलको प्रमुख आस्थामय पर्व छठलाई लक्षित गर्दै जनकपुरधाममा आजदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ। चोरी, लुटपाट तथा कुनै पनि आपराधिक घटना हुन नदिनका लागि जनकपुरधामका प्रमुख छठ घाटहरूमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जनकपुरधामका गंगासागर, धनुषसागर, अग्निकुण्ड, पोखरीमा नेपाली सेनाले बोट परिचालन गरेर व्रतालु तथा श्रद्धालुहरूलाई पोखरीमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन सहयोग गर्दै आएको छ। गंगासागर र धनुषसागरमा मात्र चारवटा बोट परिचालन गरिएका छन्।
त्यस्तै, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी समेत शहरका मुख्य सडक, चौक–चौराह र छठघाट वरिपरि तैनाथ गरिएको छ। भीड नियन्त्रण र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विशेष योजना बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार छठ पर्वका दिन कुनै अप्रिय घटना हुन नदिनका लागि करिब ७०० सुरक्षाकर्मी परिचालन गरिएको छ । शहरका संवेदनशील स्थानहरूमा विशेष निगरानी गरिनुका साथै रातभरि समेत सुरक्षा गस्ती सञ्चालनमा रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण