देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान
सोमबार, १० कात्तिक २०८२, २२ : २२
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
- भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीको कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए।
- देउवा दम्पतीको बूढानीलकण्ठस्थित निवासमा कुटपिट भएको थियो र सैनिक अस्पतालमा उपचार गरिएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि अहिले राति ११ बजेको विमानमा सिंगापुर जान लागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका थिए । त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।
उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको कांग्रेसका तत्कालीन उपसभापति अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका थिए । जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते मात्रै देउवा सार्वजनिक रूपमा देखिएका थिए ।
_ug7mJ4NJhM.jpg)
_w7cgYtxyMp.jpg)
_bJX5BBK5s4.jpg)
_ctUHy89PwH.jpg)
_sn6mjr2xXq.jpg)
_YAU50Qvtjv.jpg)
_4x54hx4e0X.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण