श्रीलङ्काको पर्यटन प्रवर्द्धनका लागि एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत
सारांश
- एडीबीले श्रीलङ्काको पर्यटन क्षेत्रलाई १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
- यस परियोजनाले निजी क्षेत्रको सहभागिता बढाउने, पर्यटक आगमन र विदेशी विनिमयलाई बढावा दिनेछ।
- एडीबीका अनुसार यस कार्यक्रमले दिगो पर्यटन र महिला सहभागिता बढाउन सहयोग गर्नेछ।
मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दश करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
यस परियोजनाले प्रशासन सुधारमा सहयोग गरी निजी क्षेत्रको सहभागिता बढाउने र पर्यटक आगमन तथा विदेशी विनिमयलाई बढावा दिदै उत्पादन विकास व्यापार प्रवर्द्धन तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने जनाइएको छ ।
जसमा दिगो पर्यटन क्षेत्र विकास कार्यक्रमका लागि अनुदानमा सात करोड डलर र तीन करोड डलरको नियमित ऋण समावेश छ ।
यस कार्यक्रमले शासन, सम्पत्ति व्यवस्थापन,व्यापार तथा पर्यटन प्रवर्द्धन सीप सुधार दिगो पर्यटन पर्यटन गन्तव्यमा सहरी विकास लगायत क्षेत्रमा नीति र संस्थागत सुधारलाई सहयोग गर्ने एडीबीले जनाएको छ ।
यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रहरूलाई प्रवर्द्धन गरी नयाँ गन्तव्यहरू खोलेर, पर्यटकहरूको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।
सन् २०२५ मा श्रीलङ्कामा पर्यटक आगमन सन् २०१८ को स्तरमा फर्किएको बताउँदै श्रीलङ्काका लागि एडिबीका निर्देशक ताकाफुमी कादोनोले आम्दानी महामारीपूर्वको स्तर भन्दा तल रहेको बताएका छन् ।
“उपयुक्त नीति र संस्थागत सुधार, पूर्वाधार वृद्धि, आन्तरिक र बाह्य चुनौतीहरू विरुद्ध सुधार गरेर पर्यटन समावेशी आर्थिक वृद्धिको इन्जिन बन्न सक्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण