बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

काठमाडौँमा यसरी गरियो छठको समापन (तस्बिरहरु)

मङ्गलबार, ११ कात्तिक २०८२, ०८ : ०५
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो।
  • नदी किनारमा सूर्यलाई पूजा आराधना गरी गाईको दूध, फूल र जलले अर्घ्य दिने गरिन्छ।
  • यो पर्वमा विवाहित महिला र पुरुषले दीर्घायुको कामना गर्छन् भने अविवाहितले योग्य जीवनसाथीको।

काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।  यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । 

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

chhat samapan (2)

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । 

chhat samapan (3)

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहित महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधू प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।

chhat samapan (4)

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

chhat samapan (5)

छठका लागि सोमबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो ।

chhat samapan (6)chhat samapan (7)chhat samapan (8)chhat samapan (9)chhat samapan (10)chhat samapan (11)chhat samapan (12)chhat samapan (13)chhat samapan (14)chhat samapan (15)chhat samapan (16)chhat samapan (17)chhat samapan (18)chhat samapan (19)chhat samapan (20)chhat samapan (21)

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप