एल क्लासिकोको विवादपछि रियल छाड्ने तयारीमा भिनिसियस
सारांश
- एल क्लासिकोमा आफूलाई प्रतिस्थापन गरेपछि भिनिसियस जुनियरले रियल म्याड्रिड छाड्नेबारे सोचिरहेका छन्।
- खेलमा बार्सिलोनासँगको जितपछि, उनले प्रशिक्षक जाबी अलोन्सोसँग असन्तुष्टि जनाए र क्लब छाड्ने इच्छा व्यक्त गरे।
- भिनिसियसले प्रशिक्षकबाट आफूले विश्वासको कमी महसुस गरेको र विगतका उपलब्धिहरूको सम्मान नभएको गुनासो गरेका छन्।
म्याड्रिड। गत आइतबार भएको एल क्लासिको खेलमा आफूलाई प्रतिस्थापन गरिएपछि रिसाएका भिनिसियस जुनियरले रियल म्याड्रिड छाड्नेबारे सोचिरहेको खबर छ। प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध २-१ को नाटकीय जित निकाल्ने क्रममा म्यानेजर जाबी अलोन्सोले खेलको अन्त्यतिर उनलाई मैदानबाट बाहिर निकालेपछि ब्राजिलियन खेलाडी आक्रोशित बनेका थिए।
स्पेनका यी दुई विशाल क्लबबिचको चर्को भिडन्तपछि दुवैतर्फका खेलाडीबिच हात हालाहालसमेत भएको थियो। ७२ औँ मिनेटमा मैदानबाट बाहिर निकालिएपछि भिनिसियसले पनि तनाव थपेका थिए।
टचलाइनतिर जाँदै गर्दा भिनिसियसले चिच्याउँदै अलोन्सोलाई ‘सधैँ मलाई नै किन?’ भनेको र त्यसपछि ’म टोली छाड्दै छु, म गए राम्रो हुन्छ, म जाँदै छु’ भनेको विश्वास गरिएको छ।
त्यसपछि भिनिसियस टनेलतिर दगुरे, तर रियलले ला लिगामा बार्सिलोनाभन्दा पाँच अङ्कले अग्रता लिने महत्त्वपूर्ण तीन अङ्क सुरक्षित गरेपछि उनी केही मिनेटपछि नै फर्किएका थिए। खेल सकिएपछि भएको विवादमा उनी फेरि संलग्न भए, जहाँ उनले झगडाको केन्द्रमा रहेका बार्सिलोनाका विङ्गर लामिन यामलसँग बहस गरे।
स्पेनिस सञ्चारमाध्यम एएसको नयाँ रिपोर्टअनुसार, अलोन्सोबाट विश्वासको कमी महसुस गरेको भन्दै भिनिसियस अहिले ‘गम्भीर रूपमा क्लब छाड्नेबारे सोचिरहेका’ छन्। रिपोर्टले दाबी गरेअनुसार फरवार्डलाई रियलका म्यानेजरले आफ्ना विगतका उपलब्धिहरूको सम्मान नगरेको महसुस भएको छ।
सन् २०१८ मा रियल आएदेखि भिनिसियसले ३३६ खेलमा १११ गोल गरेका छन् र तीन ला लिगा र दुई च्याम्पियन्स लिग सहित १४ वटा ट्रफी जितेका छन्।
रिपोर्टमा यो पनि दाबी गरिएको छ कि भिनिसियसलाई प्रतिस्थापन गर्दा देखाएको रिस क्लबका उच्च अधिकारीहरूलाई मन परेको छैन। उनीहरूले अलोन्सोको निर्णयलाई पूर्ण समर्थन गरेको बुझिएको छ।
सन् २००९ देखि २०१४ सम्म रियलबाट खेलेका ४३ वर्षीय अलोन्सो, जसले २०१४ को च्याम्पियन्स लिगसहित पाँच प्रमुख उपाधि जितेका थिए, कार्लो एन्सेलोटीको स्थानमा व्यवस्थापक बनेर गत गर्मीमा क्लबमा फर्किएका थिए।
रिपोर्टको निष्कर्षमा भनिएको छ कि सन् २०२७ सम्म रियलसँग अनुबन्धित रहेका भिनिसियसलाई अलोन्सोले उनलाई किलियन एम्बाप्पेलाई जस्तै ‘समर्थन’ नगरे उनले नयाँ बाटो खोज्न बाध्य हुनुपर्ने महसुस गरेका छन्।
भिनिसियसले यस सिजन सुरुवाती खेलाडीको रूपमा खेलेका मध्ये तीन खेल मात्र पूरा गरेका छन् र सबै प्रतियोगिताका १३ मध्ये तीन खेलमा उनी सुरुवाती ११ मा थिएनन्।
गोलडटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण