अमेरिकी शुल्क वृद्धिको छायामा चीन र आसियानबिच व्यापार सम्झौता अद्यावधिक
क्वालालम्पुर। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण तनाव बढिरहेका बेला चीन र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले आफ्नो स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक गरेका छन्। दुई क्षेत्रबिचको व्यापार निरन्तर बढिरहेको पृष्ठभूमिमा यो सम्झौतामा हस्ताक्षर भएको हो।
मंगललबार क्वालालम्पुरमा भएको ४७ औँ आसियान शिखर सम्मेलनको क्रममा चिनियाँ प्रधानमन्त्री ली चियाङ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको उपस्थितिमा व्यापार सम्झौतामा हस्ताक्षर गरियो।
- ‘३.० संस्करण’ मा सहकार्य विस्तार
चीनको स्टेट काउन्सिलकाअनुसार, सम्झौताको ‘३.० संस्करण’ ले पूर्वाधार, डिजिटल र हरित सङ्क्रमण, व्यापार सहजीकरण र जन-जन सम्बन्ध जस्ता क्षेत्रहरूमा सहकार्य विस्तार गर्नेछ। यो सम्झौताले सन् २०१० मा लागू भएको चीनसँगको यस क्षेत्रको पहिलो स्वतन्त्र व्यापार सम्झौतालाई थप मजबुत बनाएको छ।
ट्रम्पले सन् २०१८ मा चीनसँग व्यापार युद्ध सुरु गरेपछि देखा परेको ‘चाइना प्लस वन’ आपूर्ति शृङ्खलाका कारण पछिल्ला वर्षहरूमा ११ सदस्यीय आसियान र चीन एक अर्काका सबैभन्दा ठुला व्यापारिक साझेदार बनेका छन्। २०२५ को नौ महिनामा मात्रै चीन र आसियानबिचको व्यापार ७ खर्ब ८५ अर्ब डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ९.६ प्रतिशत बढी हो।
मंगलबारको आसियान शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री ली चियाङले दुई पक्षको गहिरो व्यापार सम्बन्धको प्रशंसा गर्दै अद्यावधिक सम्झौताअन्तर्गत ‘विस्तारित र उच्च गुणस्तरको आर्थिक सहकार्य’ को अपेक्षा व्यक्त गरे।
- आसियान चीनका लागि महत्त्वपूर्ण
हङकङ विश्वविद्यालयका वित्त प्राध्यापक झिउ चेनले अल जजीरालाई बताएअनुसार, यो ‘३.०’ व्यापार सम्झौता चीनले आसियानसँगको सम्बन्धलाई बलियो बनाउन खोजेको समयमा आएको छ।
‘अमेरिका र युरोपेली सङ्घसँग चीनको व्यापारिक तनाव बढिरहेकाले चीनका लागि यो निकै महत्त्वपूर्ण छ, र चीनलाई आसियान राष्ट्रहरूको आवश्यकता छ,’ उनले भने, ‘यो दुवै पक्षका लागि ‘विन-विन’ परिणाम हो।’
ली चियाङले आफ्नो सम्बोधनमा ट्रम्पको शुल्क नीतिको आलोचना गर्दै ‘एकाधिकारवाद र संरक्षणवादले’ विश्वव्यापी आर्थिक व्यवस्थालाई गम्भीर रूपमा बिथोलेको र धेरै देशहरूलाई ‘अनुचित रूपमा उच्च शुल्कको शिकार’ बनाएको बताए।
- ट्रम्पको द्विपक्षीय व्यापार प्राथमिकता
यसैबिच, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आइतबार आसियान शिखर सम्मेलनमा भाग लिएका थिए र उनी यस हप्ताको अन्त्यतिर दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम छ।
आसियानमा रहँदा ट्रम्पले कम्बोडिया र मलेसियासँग व्यापार सम्झौताहरूमा हस्ताक्षर गरे भने थाइल्यान्ड र भियतनामसँग ढाँचागत सम्झौता गरे। यसले ट्रम्पको द्विपक्षीय व्यापार सम्झौता गर्ने प्राथमिकतालाई उजागर गर्छ। ट्रम्पले यसअघि नै यी चार देशमा १९ देखि २० प्रतिशतसम्मको ‘पारस्परिक शुल्क’ दर तोकिसकेका छन्।
ट्रम्प र सीबिचको भेटमा पनि शुल्क र व्यापार अवरोधहरू नै प्रमुख मुद्दा हुने अपेक्षा गरिएको छ। यसअघि अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले दुई पक्षबिच शुल्कको विषयमा ‘ढाँचागत सम्झौता’ भएको बताएका थिए, जसले चीनबाट आयात हुने वस्तुमा १०० प्रतिशत शुल्क लगाउने ट्रम्पको धम्कीलाई टार्न मद्दत पुर्याउने रोयटर्सले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण