कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले गरेको शुल्कवृद्धि खारेज गर्न अखिल (क्रान्तिकारी)को माग
सारांश
- त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले शुल्क वृद्धि गरेकोमा विद्यार्थी संगठनले आपत्ति जनाएको छ।
- बीएससी एग्रीकल्चरलगायतका कार्यक्रममा १६ देखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरिएको छ।
- विद्यार्थी संगठनले शुल्क वृद्धि फिर्ता लिन र रामपुर कृषि क्याम्पसमा भर्ना प्रक्रिया सुचारु गर्न माग गरेको छ।
काठमाडौं । त्रिभुवन विश्व विद्यालयअन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले २०८२ का लागि तोकेको नयाँ शुल्क संरचनाविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)केन्द्रीय समितिले आपत्ति जनाएको छ।
संस्थानले हालै सार्वजनिक गरेको संरचनाअनुसार बीएससी एग्रीकल्चरसहितका कार्यक्रमका शुल्कमा १६ देखि ५० प्रतिशतसम्म वृद्धि गरिएको छ। साथै रामपुर कृषि क्याम्पसमा पूर्वाधार अभाव भन्दै भर्ना प्रक्रिया रोकिएको विषयमा समेत संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ।
यसबारे अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, केन्द्रिय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठ, क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी, त्रि.वि. जिल्ला ससचिव मंजय यादवलगायतले मंगलबार कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डीन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै शुल्कवृद्धि तत्काल फिर्ता लिन माग गरे ।
ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा अधिकार हो, व्यापार होइन भन्ने सिद्धान्तलाई पाखा लगाउँदै गरिएको यस्तो शुल्कवृद्धि अन्यायपूर्ण र गैरजिम्मेवार छ । शिक्षण–शिकाइ प्रणाली, प्रयोगशाला सुविधा, अनुसन्धान सहयोग, र प्राविधिक स्रोतमा पर्याप्त प्रगति नदेखिदा शुल्कवृद्धि विद्यार्थीमाथि गरिएको अन्याय हो।’
संगठनले विश्वविद्यालय प्रशासनलाई शुल्कवृद्धि खारेज गरी रामपुर कृषि क्याम्पसमा रोकिएको भर्ना प्रक्रिया तत्काल सुचारु गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण