पूर्वप्रधानमन्त्री माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका सुरक्षाकर्मी फिर्ता भएका छन् ।
सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय गरेका थिए । भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले बतायो ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रूपमा उपलब्ध गराउँदै आएको थियो ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।
यसअघि सरकारले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयोग गरेका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण