बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ब्राजिलमा लागूऔषध तस्करविरुद्ध प्रहरी कारबाही, एकैदिन ६४ जनाको मृत्यु

बुधबार, १२ कात्तिक २०८२, ०९ : ५८
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • ब्राजिलको रियो दि जेनेरियोमा लागूऔषध तस्कर र माफियाविरुद्धको प्रहरी कारबाहीमा ६४ जनाको मृत्यु भएको छ।
  • प्रहरी कारबाही रियो दि जेनेरियोका दुई क्षेत्रमा भएको थियो, जसमा ८१ जना पक्राउ परेका छन्।
  • संयुक्त राष्ट्र संघले घटनाप्रति चिन्ता व्यक्त गर्दै ब्राजिल सरकारलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ।

रियो द जेनरियो । ब्राजिलमा लागूऔषध तस्कर र माफियाहरूविरुद्धको प्रहरी कारबाहीमा एकै दिनमा ६४ जनाको मृत्यु भएको छ । प्रहरी कारबाही ब्राजिलको रियो दि जेनेरियोको दुई क्षेत्रहरूमा भएको थियो । यस 

क्रममा ६४ जनाको मृत्यु भएको र अरु ८१ जनालाई पक्राउ गरिएको बताइएको छ । खबरहरूका अनुसार यी क्षेत्रहरूमा लागूऔषध तस्करी गिरोहहरूविरुद्धको कारबाहीमा लगभग २ हजार ५०० सशस्त्र प्रहरी अधिकारीहरू संलग्न थिए । मारिनेमा चार प्रहरी अधिकारीहरू पनि रहेको बताइएको छ ।
 
कम्प्लेक्सो दा पेन्हा र कम्प्लेक्सो दो अलेमाओ नजिकै गरिएको कारबाहीलाई रियोका गभर्नर क्लाउडियो क्यास्ट्रोले राज्यको इतिहासकै सबैभन्दा ठूलो कारबाही भनेको छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (यूएनओएचसीएचआर)ले यो घटनाप्रति चिन्ता व्यक्त गरेको छ । यो कारबाहीले घातक परिणामको चिन्ता पैदा गर्ने प्रवृत्तिलाई बढावा दिएको र कानून कार्यान्वयन गर्ने एजेन्सीहरूद्वारा यस्तो खालको बल प्रयोगबारे गम्भीर प्रश्नहरू उठाएको संयुक्त राष्ट्र संघले बताएको छ ।

 अन्तर्राष्ट्रिय मानव अधिकार कानूनहरूको पालना गर्न र घटनाको द्रुत तथा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न संयुक्त राष्ट्र संघले ब्राजिल सरकारसँग आग्रह गरेको छ ।
 
रियो दि जेनेरियो ब्राजिलको लोकप्रिय पर्यटकीय गन्तव्य हो । तर लागूऔषध तस्करीविरुद्ध यहाँ प्रहरीको छापा सामान्य हो । यो क्षेत्रको गरिब बस्तीमा ठूलो संख्या मानिसहरू बस्छन् । तस्करीका कारण यहाँ अपराधको नेटवर्क नै बनेको छ । शक्तिशाली लागूपदार्थ तस्करी गिरोह कोमान्डो भर्मेलो (रेड कमान्ड)लाई लक्षित गरेर यो छापा मारिएको अधिकारीहरूले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप