कांग्रेस नेता आलम केएमसीको आईसीयूमा
सारांश
- नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम मिर्गौलाको समस्याका कारण केएमसी अस्पतालको आईसीयूमा भर्ना भएका छन्।
- २०६४ चैतमा भएको बम विस्फोट र त्यसपछिको घटनामा आलमलाई जन्मकैदको सजाय सुनाइएको थियो, तर पछि उनी छुटेका थिए।
- स्वास्थ्य समस्याका कारण उनलाई पटक-पटक अस्पताल भर्ना गरिएको छ र अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिलक कलेज (केएमसी)को आईसीयूमा भर्ना भएका छन् । मिर्गौलामा समस्या देखिएपछि उनलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको जानकारी अस्पताल स्रोतले दिएको छ ।
पूर्वमन्त्री आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगञ्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।
कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरी त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुनः भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्यावस्था स्थिर रहेको जानकारी अस्पतालले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण