मानव अधिकार आयोगले गर्यो दुर्गा प्रसाईँसँग छलफल
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग छलफल गरेको छ ।
आयोगले बुधबार प्रसाईँसँग छलफल गरेको हो । प्रसाईँले मंसिर ७ गते देखी आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो ।
आन्दोलनका स्वरूपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईँले जानकारी दिए ।
उनले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गरे ।
उनले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताए । उनले व्यवस्था परिवर्तनको गर्नको लागी आन्दोलन गर्न लागेको पनि बताए ।
उनले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरे ।
आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उनले बताए । उनले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण