सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पाल्पामा भ्यान दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

बुधबार, १२ कात्तिक २०८२, १६ : ०८
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • पाल्पाको रैनादेवी छहरामा भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • दुर्घटना तानसेनबाट २० किलोमिटर पश्चिममा भएको हो, जसमा चालक पनि परेका छन्।
  • मृतकको पहिचान हुन सकेको छैन र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बुटवल । पाल्पाको रैनादेवी छहरामा भएको भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय मुझुङका अनुसार सदरमुकाम तानसेनदेखि करिब २० किलोमिटर पश्चिमतर्फ पर्ने रैनादेवी छहरा गाउँपालिका–४, पिपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकहरूको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप