पाल्पामा भ्यान दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु
बुधबार, १२ कात्तिक २०८२, १६ : ०८
सारांश
- पाल्पाको रैनादेवी छहरामा भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
- दुर्घटना तानसेनबाट २० किलोमिटर पश्चिममा भएको हो, जसमा चालक पनि परेका छन्।
- मृतकको पहिचान हुन सकेको छैन र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बुटवल । पाल्पाको रैनादेवी छहरामा भएको भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय मुझुङका अनुसार सदरमुकाम तानसेनदेखि करिब २० किलोमिटर पश्चिमतर्फ पर्ने रैनादेवी छहरा गाउँपालिका–४, पिपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण