एक दिवसीय क्रिकेट
करिअरमै पहिलो पटक एक दिवसीय क्रिकेट वरीयताको शीर्षमा पुगे रोहित शर्मा
बुधबार, १२ कात्तिक २०८२, १६ : २२
सारांश
- रोहित शर्मा एक दिवसीय क्रिकेट वरीयताको शीर्ष स्थानमा पहिलो पटक पुगेका छन्।
- आईसीसीको पछिल्लो वरीयतामा शर्मा ब्याटिङतर्फ पहिलो स्थानमा उक्लिएका हुन्।
- अस्ट्रेलियामा भएको खेलमा 'प्लेयर अफ दि सिरिज' बनेपछि शर्माले छलाङ मारेका हुन्।
काठमाडौँ । भारतका ब्याट्सम्यान रोहित शर्मा आफ्नो करिअरमै पहिलो पटक एक दिवसीय क्रिकेट वरीयताको शीर्ष स्थानमा पुगेका छन् ।
आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा एक दिवसीय क्रिकेट अन्तर्गत रोहित शर्मा ब्याटिङको पहिलो वरीयतामा स्थान बनाउन सफल भएका हुन् ।
हालै अस्ट्रेलियामा खेलिएको तीन वटा एक दिवसीय क्रिकेट म्याचमा ‘प्लेयर अफ दि सिरिज’ समेत भएका शर्माले ब्याटिङको वरीयतामा छलाङ मारेका हुन् । एक दिवसीय क्रिकेटको ब्याटिङ विधामा रोहित शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । यसअघि उनी दोस्रो वरीयतासम्म पुग्न सफल भएका थिए ।
अस्ट्रेलिया भ्रमण अघि उनी वरीयतामा तेस्रो स्थानमा थिए । वरीयताको दोस्रो स्थानमा अफगानिस्तानका ब्याट्सम्यान इब्राहिम जादरान छन् । तेस्रो नम्बरमा भारतकै शुभमन गिल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण