त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि
सारांश
- प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार, राजनीतिक दल र जेनजीबिच तय भएको त्रिपक्षीय संवादमा १३ जना जेनजी प्रतिनिधि सहभागी थिए।
- प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता गरेको हो।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रीका अनुसार निर्वाचनको माहोलका लागि सरकार, राजनीतिक दल र जेनजीको संयुक्त बैठक पहिलोपटक आयोजना गरिएको थियो।
काठमाडौँ । सरकार, राजनीतिक दल र जेनजीबिच तय भएको त्रिपक्षी संवादमा जेनजी प्रतिनिधि १३ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जसमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेको सचिवालयको भनाइ छ ।
प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले आज पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता गरेको हो । त्रिपक्षीय छलफलका लागि जेनजी प्रतिनिधि र दलका नेताहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण