शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

बिहीबार, १३ कात्तिक २०८२, ०४ : १६
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक १३ गतेको बार, तिथि, नक्षत्र, योग र करणसहितको विवरण प्रस्तुत गरिएको छ।
  • काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय र दिनमानको जानकारी दिइएको छ।
  • विभिन्न बेला र राहुकालको समय तालिका, साथै विभिन्न राशिका लागि राशिफलको संक्षिप्त भविष्यवाणी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२५ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–नवमी, ५६ घडी ६ पला, रातको ४ बजेर ४० मिनेट उप्रान्त दशमी । नक्षत्र–श्रवण, २१ घडी ५ पला, दिउसो २ बजेर ४० मिनेट उप्रान्त धनिष्ठा । योग–गंड, ५३ घडी १७ पला, रातको ३ बजेर ३३ मिनेट उप्रान्त वृद्धि । करण–बालव, बेलुकी ४ बजेर ४९ मिनेट उप्रान्त कौलव, रातको ४ बजेर ४० मिनेट उप्रान्त तैतिल। आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४५ पला ।  

आजको बार बेला ।

  • बिहान ६ बजेर १४ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर १५ मिनेटदेखि बिहान ७ बजेर ३७ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर ३८ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ९ बजेर १ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १० मिनेटसम्म अमृत बेला ।
  • दिउसो १ बजेर ११ मिनेटदेखि दिउसो २ बजेर ३३ मिनेटसम्म काल बेला ।
  • दिउसो २ बजेर ३४ मिनेटदेखि बेलुकी ३ बजेर ५६ मिनेटसम्म शुभ बेला ।
  • दिउसो ३ बजेर ५७ मिनेटदेखि बेलुकी ६ बजेर ५६ मिनेटसम्म अमृत बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर ३३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३७ मिनेटदेखि बिहान ५ बजेर २५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शरीरमा घाउ,खटिरा तथा चोटपटकको भए रहनेछ ।  आफन्तसँगको लेनदेनको कारोबारले शत्रुता बढाउनेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमती बिचको सम्बन्धमा उतार चढाव आउनेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । तर पनि आर्थिक क्षेत्र वा शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटन सम्बन्धी व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । प्रविधिको प्रयोग मार्फत काम वा अध्ययनलाई अगाडी बढाउन सकिनेछ । राज्यको नजिक भई काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आवश्यक पर्दा साथ दिनेहरू भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवामूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आगामी दिनमा आम्दानी गर्न सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गर्नुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न  सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न नसकिने हुनाले प्रतिष्ठामा कमी हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्नुहोला ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  दौडधुप तथा लामो खटाइले मात्र काम सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागी फाइदा हुनेछ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरूसँग विवाद बढ्ने योग रहेको छ । तर पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । आर्थिक क्षेत्र वा शेयर बजार सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धि मूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दा बढी नै उत्साहित हुन खोज्दा नकारात्मक परिणाम आउनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवार,आफन्त र इष्टमित्रसँग आत्मीयता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् । पति पत्नीबिच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीमा बढोत्तरीको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप

छुटाउनुभयो कि ?