राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सांसद अर्यालको माग
सारांश
- राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारसँग राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न माग गरेकी छन्।
- सांसद अर्यालले चिया लिलाम बजार स्थापना नहुँदा नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन हुन नसकेको र भारतका लिलाम बजारमा निर्भर हुनुपरेको बताइन्।
- उनले विश्व चिया बजारमा नेपालको उपस्थिति गराउनका लागि उचित नीति निर्माण गरी तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार (टी अक्सन मार्केट) तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्।
सरकारले चिया लिलाम बजार स्थापना नगरेका कारण नै नेपालको चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन हुन नसकेको तथ्य उनले औँल्याइन्। उनले चिया निर्यातसम्बन्धी उचित कानुनको तर्जुमा गर्न पनि सरकारलाई सचेत गराइन्।
बैठकमा बोल्दै सांसद अर्यालले भनिन्, ‘नेपालको चिया उद्योगको उचित सञ्चालनका लागि चिया लिलाम बजार स्थापना गर्ने कार्य हालसम्म बाँकी नै छ। यसको विकल्पमा नेपाल चियाले भारतको सिलिगुढी र कलकत्ताका लिलाम बजारमा निर्भर हुनु परेको छ। यसको आफ्नो लिलाम बजार छैन। प्रस्ट छ कि राष्ट्रिय चिया लिलाम बजारविना नेपालको चिया प्रवर्द्धन हुन सक्दैन। त्यसै कारणले हालसम्म विश्व चिया बजार नक्सामा नेपाल उल्लेख भएको छैन। यस प्रकार नेपालले चिया लिलाम बजारमा आफ्नो उत्पादनलाई ब्राण्डसहित राख्नुपर्ने हुन्छ, जुन कार्य गर्न अझै बाँकी छ।’
विश्व चिया बजारमा नेपालको उपस्थिति गराउन पनि सरकारले यससम्बन्धी उचित नीतिहरू निर्माण गरी तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको सांसद अर्यालले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
-
विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीको उपाधि विक्रमनाथलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण