शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

शुक्रबार, १९ असार २०८३, १६ : २६
शुक्रबार, १९ असार २०८३

सारांश

  • नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्।
  • उनले साना आयोजनाहरूमा बजेट विनियोजन गर्दा वित्तीय अनुशासन पालना नहुने तथा अर्थमन्त्रीले भनेजस्तो अर्थतन्त्रको स्वरूप परिवर्तन बजेटमा नदेखिएको दाबी गरिन्।
  • झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई समेत छुन नसकेको टिप्पणी गरेकी छन्।

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्। 

सांसद झाँक्रीले साना साना आयोजनाहरूका लागि विनियोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी गरिन्। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने भने पनि सोहीअनुसार बजेट नआएको जिकिर गरिन्।

संसद्‌मा बोल्दै सांसद झाँक्रीले भनिन्, ‘राज्यको अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भन्नु भएको छ। त्यो स्वरुप कसरी परिवर्तन हुन्छ? बजेटमा त केही पनि देखिँदैन। र वित्तीय अनुशासनको दृष्टिले हेर्ने हो भने साना साना स्केलका कार्यक्रमहरुलाई जसरी राखिएको छ, त्यसले वित्तीय अनुशासन कायम गर्ने कुरा देखिँदैन। बजेटमा पुरानै कुराहरु छन्, तर यसका लागि बजेट देखिँदैन। यसले कसरी मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सक्छ?’

सांसद झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई समेत छुन नसकेको टिप्पणी गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?