लाओसबाट मान्यता खोज्दै मिन आङ ह्लाइङ
काठमाडाैँ । म्यान्माका पूर्वसैनिक शासक तथा हालका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आसियान सदस्य राष्ट्रको औपचारिक भ्रमणका लागि शुक्रबार लाओस पुगेका छन् । विश्लेषकहरूले यस भ्रमणलाई अन्तर्राष्ट्रिय मान्यता र क्षेत्रीय सम्बन्ध सुधार्ने उनको प्रयासका रूपमा व्याख्या गरेका छन् ।
सन् २०२१ मा सैनिक ‘कू’ मार्फत आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार हटाएर सत्ता आफ्नो नियन्त्रणमा लिएका मिन आङ ह्लाइङले त्यसयता पाँच वर्ष प्रत्यक्ष सैनिक नेतृत्वमा शासन गरेका थिए । सुकीको दलमाथि प्रतिबन्ध, विपक्षीमाथि दमन र विद्रोही प्रभाव रहेका क्षेत्रमा निर्वाचन रोकिएपछि उनी यसै वर्ष अप्रिलमा नागरिक राष्ट्रपतिको भूमिकामा आएका हुन् ।
राष्ट्रपतिको सूचना टोलीले सार्वजनिक गरेको विवरणअनुसार उनी आफ्नी पत्नी क्यू क्यू हलासहित शुक्रबार बिहान लाओस पुगेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनको राजकीय भ्रमण तीन दिनसम्म चल्नेछ ।
यस क्रममा उनले लाओसका राष्ट्रपति थोङ्लोन सिसोलिथ र प्रधानमन्त्री सोनेक्से सिफान्डोनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको कार्यालयले दुवै देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले खुला र सौहार्दपूर्ण छलफल हुने जनाएको छ ।
नागरिक राष्ट्रपतिको पद सम्हालेपछि मिन आङ ह्लाइङको यो तेस्रो विदेश भ्रमण हो । यसअघि उनले भारत र चीनको भ्रमण गरिसकेका थिए । सैनिक ‘कू’ पछि म्यान्मालाई धेरैजसो गतिविधिबाट अलग राख्दै आएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) भित्र नयाँ प्रशासनसँगको सम्बन्धबारे अझै साझा धारणा बन्न सकेको छैन ।
केही सदस्य राष्ट्रहरूले ८१ वर्षीया आङ सान सुकीलाई जेलबाट नजरबन्दमा सार्ने निर्णयजस्ता कदमलाई सकारात्मक सङ्केतका रूपमा हेरेर संवाद पुनः सुरु गर्न इच्छुक देखिएका छन् । तर अन्य सदस्य राष्ट्रहरूले सन् २०२१ को सैनिक हस्तक्षेपका प्रमुख व्यक्ति अझै पनि सत्ताको केन्द्रमा रहेको तथ्यलाई ध्यानमा राख्दै सतर्क दृष्टिकोण अपनाइरहेका विश्लेषकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
-
बैतडी बस दुर्घटना : घाइतेको संख्या १९ पुग्यो, दुई जनाको अवस्था गम्भीर
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण