पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण
बिहीबार, १३ कात्तिक २०८२, ०७ : ४९
सारांश
- भीरकोट नगरपालिका-४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण सुरु भएको छ।
- धार्मिक पर्यटन प्रवर्द्धन र आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्य छ।
- यसका लागि १२ करोड ८० लाख विनियोजन गरिएको छ, र फागुन सम्ममा निर्माण सम्पन्न हुने लक्ष्य छ।
स्याङ्जा । भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाले निर्माण थालेको हो ।
सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण गरिने भएको विभागका इञ्जिनियर अच्युत पौडेलले जानकारी दिए ।
“आयआर्जनको स्रोतको रुपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ”, उनले भने, “त्यहाँसम्म पुग्न पक्की पहुँच मार्ग निर्माण गरिने छ । सबै काम पूरा गर्न रु १२ करोड ८० लाख विनियोजन गरिएको छ ।” आगामी फागुन सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तलाउमा निर्माण गरिएको मन्दिरमा शिवपार्वती र गणेशको मूर्ति प्रतिस्थापन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण