सुडानको आरएसएफ मिलिसियाले एल फाशेर अस्पतालमा ४६० जनाको हत्या गर्यो : डब्लुएचओ
सारांश
- विश्व स्वास्थ्य संगठनका अनुसार, आरएसएफ मिलिसियाले एल-फाशेरको मुख्य अस्पतालमा सयौँ सर्वसाधारणको हत्या गरेको छ।
- सुडान डाक्टर्स नेटवर्कले आरएसएफ लडाकुहरूले अस्पतालमा भेटिएका सबैलाई हत्या गरेको आरोप लगाएको छ, जसमा बिरामी, आफन्त र अन्य व्यक्तिहरू समावेश छन्।
- आरएसएफले चार डाक्टर, एक फार्मासिस्ट र एक नर्स सहित ६ जना चिकित्सकलाई अपहरण गरी फिरौती मागेको बताइएको छ।
खार्तुम । विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले रैपिड सपोर्ट फोर्सेस मिलिसियाले सुडानी सहर कब्जा गरेको केही दिनपछि एल–फाशेरको मुख्य अस्पतालमा सयौँ सर्वसाधारणको हत्या गरेको बताएका छन् ।
अस्पतालमा ४६० जनाको हत्या भएको खबरले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सी स्तब्ध भएको सो सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् । यसअघि सुडान डाक्टर्स नेटवर्कले मङ्गलवार आरएसएफ लडाकुहरूले साउदी अस्पताल भित्र भेटिएका सबैलाई निर्मित तरिकाले हत्या गरेको बताएको थियो ।
हत्या हुनेमा अस्पतालका बिरामी, बिरामीका साथीभाइ र उपस्थित अरू मानिसहरू भएको बताइएको छ । सुडान डाक्टर्स नेटवर्कले चाहिँ हताहत हुनेको तथ्याङ्क दिएको छैन । तर सहरमा रहेका चिकित्सा केन्द्रहरूलाई मानव वधशालामा परिणत गरिएको बताइएको छ ।
सुडान डाक्टर्स नेटवर्कले आरएसएफलाई चार डाक्टर, एक फार्मासिस्ट र एक नर्स सहित ६ जना चिकित्सकलाई अपहरण गरेको र उनीहरूको रिहाइका लागि १ लाख ५० हजार अमेरिकी डलर फिरौती मागेको आरोप पनि लगाएको छ ।
यो सहर डार्फर क्षेत्रमा सेनाको अन्तिम गढ थियो । भोकमरी र भारी बमबारी ग्रसित यो सहरलाई १८ महिनाको घेराबन्दी पछि आइतबार आरएसएफले कब्जामा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण