अमेरिकामा केन्द्रीय बैंकले घटायो ब्याजदर
सारांश
- अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ।
- फेडका अध्यक्ष जेरोम पावेलले अरू ब्याजदर कटौती रोकिन सक्ने संकेत गरेका छन्।
- बैंकले फेडरल फन्ड्सको दर घटाएर ३ दशमलव ७५ प्रतिशतदेखि ४ प्रतिशतको बीचमा ल्याएको छ।
वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले प्रमुख ब्याजदर घटाएको छ । बुधबारको नीतिगत बैठकमा बैंकले ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ ।
यद्यपि, अरू ब्याजदर कटौती गर्नुअघि केन्द्रीय बैंक रोकिन सक्ने फेडका अध्यक्ष जेरोम पावेलले संकेत गरेका छन् । बैंकले फेडरल फन्ड्सको दर पनि घटाएर ३ दशमलव ७५ प्रतिशतदेखि ४ प्रतिशतको बिचमा ल्याएको छ ।
यसअघि यो दर ४ प्रतिशत देखि ४ दशमलव २५ प्रतिशतको बीचमा थियो । सेप्टेम्बरमा पनि बैंकले दरहरू यही अनुपातमा घटाएको थियो । अमेरिकी अर्थतन्त्रलाई स्थिर राख्नका लागि यो कदम चालिएको फेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
२०२४ को डिसेम्बरपछिको फेडले सेप्टेम्बरमा पहिलो कटौती गरेको थियो । सेप्टेम्बरमा ब्याजदर कटौतीको समयमै पावेलले अक्टोबरमा अर्को कटौती हुने संकेत दिएका थिए । तर यसपटक भने उनले आगामी महिना कटौती नहुने संकेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण