शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री सोनल र बेलायती दूतावासका प्रतिनिधिबिच भेटघाट

बिहीबार, १३ कात्तिक २०८२, १४ : ००
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती टोलीबीच जनकपुरमा भेटघाट भयो।
  • मुख्यमन्त्रीले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता रहेको बताए।
  • बेलायती टोलीले प्रदेश सरकारका विकास प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनायो।

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासका विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबिच भेटघाट भएको छ । बिहीबार जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटघाट भएकाे हाे ।

भेटका क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गरे ।  ती क्षेत्रको समृद्धिका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री सोनलले प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको धारणा राखेको उनको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिबद्ध रहेको बताइन् । उनले सम्भावित सहकार्यका क्षेत्रमा छलफल गर्दै जाने धारणा समेत राखिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप