बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक
सारांश
- मोन्था चक्रवातको प्रभावका कारण बीपी राजमार्गमा भारी वर्षा र बाढी पहिरोको जोखिम बढेको छ।
- सिन्धुली जिल्ला प्रशासन कार्यालयले राति ७ बजेदेखि बिहान ९ बजेसम्म काठमाडौँतर्फ जाने सवारी साधनलाई रोक लगाएको छ।
- भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै, मानवीय र भौतिक क्षति कम गर्न यो निर्णय लिइएको हो।
हेटौँडा । मोन्था चक्रवातको प्रभावका कारण भारी वर्षा र बाढी पहिरोको जोखिम मूल्यांकन गर्दै बीपी राजमार्ग रातको समयमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।
सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले बीपी राजमार्ग भएर काठमाडौँतर्फ जाने सवारी साधनलाई रोक लगाएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ गतेदेखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावनाको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले कात्तिक १३ र १४ गते (२ दिन)का लागि बेलुका ७ बजेदेखि बिहान ९ बजेसम्म सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ जाने सबै प्रकारका सवारी साधनको आगमनमा पूर्ण रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले एक सूचना जारी गर्दै बर्सात र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उक्त समयमा सवारी आगमनमा निषेध गरिएको हो । प्रशासनले दिउँसोको समयमा भारी वर्षा भएमा सुरक्षा निकायले कुनै पनि सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ ।
विशेष गरी बीपी राजमार्ग र मध्य पहाडी राजमार्गमा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि सम्पूर्ण चालक तथा यात्रुहरूमा अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण