सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियामा दिलजीत दोसांझ नस्लभेदको सिकार, भनियो - नयाँ उबर ड्राइभर आयो

बिहीबार, १३ कात्तिक २०८२, १५ : ५०
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • पञ्जाबी गायक दिलजीत दोसांझले अस्ट्रेलिया भ्रमणमा नस्लभेदी टिप्पणीको सामना गरेको खुलासा गरे।
  • उनलाई 'नयाँ उबर ड्राइभर आयो' जस्ता आपत्तिजनक टिप्पणी आएको र उनले अब रिस नउठ्ने बताए।
  • दिलजीतले अस्ट्रेलियामा 'औरा टूर' गरिरहेका छन् र सिड्नी र ब्रिसबेनमा प्रस्तुति दिने कार्यक्रम छ।

मुम्बई । पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझले हालै आफ्नो अस्ट्रेलिया भ्रमणका क्रममा आफूलाई नस्लभेदी टिप्पणीहरूको सामना गर्नुपरेको खुलासा गरेका छन्। अस्ट्रेलिया पुगेको खबर सार्वजनिक भएपछि मानिसहरूले उनलाई लक्षित गर्दै ‘नयाँ उबर ड्राइभर आयो’ लगायतका आपत्तिजनक टिप्पणीहरू गरेको दिलजीतले बताएका हुन्। 

उनले अब यस्ता कुराले आफूलाई रिस नउठ्ने बताएका छन्। दिलजीत दोसांझले भर्खरै आफ्नो युट्युब च्यानलबाट अस्ट्रेलिया भ्रमणको ‘बिहाइन्ड द सिन’ भिडियो सेयर गरेका छन्। भिडियोमा उनले भनेका छन्, ‘हामीले फ्लाइटबाट यहाँ ल्यान्ड गर्दा, डेली मेलका मानिसहरू आए। उनीहरूले एउटा समाचार राखेका थिए कि दिलजीत दोसांझ भारत (पञ्जाब) बाट ल्यान्ड भएका छन्। मलाई कसैले त्यो पोस्ट पठायो, मैले गएर चेक गरेँ। मलाई पहिले थाहा थिएन कि उनीहरूले त्यो अपलोड गरेका छन्। त्यसमुनि धेरै टिप्पणीहरू थिए, जस्तै, ‘नयाँ उबर ड्राइभर आयो, ७-११मा नयाँ काम गर्ने मान्छे आयो - यस्ता खालका नस्लभेदी टिप्पणीहरू धेरै थिए।’

उनले अगाडि थपे, ‘मैले देखेँ मानिसहरू त्यहाँ झगडा पनि गरिरहेका थिए, किनकि उनीहरूले आफ्नो पहिचानका लागि यहाँ धेरै सङ्घर्ष गरेका छन्। मलाई यस्तो लाग्छ कि यो संसार, यो धर्तीमा कुनै सीमाहरू हुनु हुँदैन। जो कोही पनि जहाँसुकै जान सक्छ। तर मानिसहरूले आ-आफ्नो सीमाहरू बनाएका छन् । यो हाम्रो हो, यो हाम्रो इलाका हो, तिमी यहाँ नआऊ ।’

भिडियोको अन्त्यमा दिलजीतले भने, ‘मलाई रिस छैन । सबैलाई मेरो तर्फबाट माया र सत्कार। जो जति नराम्रो बोल्छन्, जो जति नस्लभेदी छन्, उनीहरूलाई पनि माया।’

दिलजीत दोसांझ यी दिनहरूमा आफ्नो ‘औरा टूर’ मा छन्। उनले अक्टोबर २६ मा अस्ट्रेलियाको सिड्नीस्थित कोमब्याङ्क स्टेडियममा र सिड्नीको थिएटर एरिना नाउ स्टेडियममा प्रस्तुति दिएका छन्।  उनले नोभेम्बर १ मा ब्रिसबेनमा प्रस्तुति दिने कार्यक्रम छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप