करिब १० बिघा जग्गा किर्ते गरेका फरार अभियुक्त पक्राउ
बिहीबार, १३ कात्तिक २०८२, १९ : ३६
सारांश
- रौतहटको कटहरियामा जग्गा किर्ते गरी आफ्नो नाममा दर्ता गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा कटहरिया-१ का ४२ वर्षीय रामपुकार महतो कोइरी रहेका छन्।
- जिल्ला अदालतको फैसला किर्ते गरी जग्गा आफ्नो नाममा पारेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ मा रहेको करिब ९ बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलको २४ कित्ता जग्गा किर्ते खडा गरी गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको आरोपमा फरार एक अभियुक्त पक्राउ परेका छन् ।
कटहरिया–१ बस्ने ४२ वर्षीय रामपुकार महतो कोइरी पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले बताएका छन् । जिल्ला अदालत रौतहटको फैसला किर्ते खडा गरी त्यसकै आधारमा आफ्नो नाममा जग्गा दर्ता गरेको लिखितसम्बन्धी कसुर गरेको अभियोगमा उनलाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।
कोइरीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएर बुधबार जिल्ला अदालत गौरमा उपस्थित गराई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार जनाएको छ ।
प्रहरीका अनुसार उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण