माओवादी केन्द्रसँग एकता गर्ने नेसपाकाे निर्णय
काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टीको केन्द्रीय समिति बैठकले एकताको निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक मानेर आफूहरू एकतामा जान लागेको नेसपाका महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
यादवका अनुसार पार्टीको नाम ‘नेकपा समाजवादी’ रहने छ । साथै कात्तिक २० गतेभित्र एकता घोषणा हुनेछ ।
‘केन्द्रीय समिति बैठकले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी र प्रेमबहादुर सिंहको पार्टीसँग २० गतेभित्र एकता गर्ने निर्णय गरेको छ,’ यादवले भने, ‘हामी प्रचण्डलाई संयोजक मानेर एकता गर्न लागेका छौँ, एकतामा समान नेताहरूको व्यवस्थापन हुनेमा विश्वस्त छौँ,’ उनले भने ।
साथै बाँकी विषयमा प्रचण्डसँग वार्ता गर्न अध्यक्ष यादवको संयोजकत्वमा महासचिव रमेश र सचिवालय सदस्य राजु थापा गरी तीन सदस्यीय वार्ता टोली गठन भएको उनले बताए ।
‘प्रचण्डले हामीलाई सम्मानजनक पदीय व्यवस्थापन गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ’, यादवले रातोपाटीसँग भने । भोलि ११ बजे पार्टीको सचिवालय बैठक बस्ने र बाँकी विषयमा छलफल गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण