बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कहिलेदेखि आउँछ मौसममा सुधार ?

शुक्रबार, १४ कात्तिक २०८२, ०९ : ००
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावले वर्षा गरायो।
  • आज साँझदेखि काठमाडौँ लगायतका क्षेत्रमा मौसममा क्रमिक सुधार आउनेछ।
  • कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसमविद्ले जानकारी दिएका छन् । 

काठमाडौँलगायतका मुलुकका मध्य र पश्चिम (बाग्मती, गण्डकी, लुम्बिनी तथा तराईका सर्लाहीदेखि चितवनसम्मका जिल्लाहरूमा) क्षेत्रमा आज अपराह्नसम्म वर्षा रोकिने र साँझदेखि मौसम खुल्दै जाने मौसमविद् उज्ज्वल उपाध्यायले जानकारी दिए ।  कोश पूर्वका जिल्लाहरूमा भोलि बिहानसम्म वर्षा रोकिने र मध्यान्हदेखि मौसम खुल्नेछ। 

आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेस र वाग्मती प्रदेशका  केही  तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप