मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकामा सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण

शुक्रबार, १४ कात्तिक २०८२, १० : २७
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • नासाले कम आवाज निकाल्ने सुपरसोनिक विमान विकासको लागि परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ।
  • यो विमान नासा र लकहिड मार्टिनको संयुक्त प्रयास हो, जसले व्यावसायिक उड्डयनमा परिवर्तन ल्याउन सक्छ।
  • १९४० दशकदेखि सुपरसोनिक विमानहरू भए पनि आवाजका कारण व्यावसायिक प्रयोगमा प्रतिबन्धित थिए।

वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा कम आवाज निकाल्ने सुपरसोनिक विमान विकास गर्ने लक्ष्यमा थप नजिक पुगेको छ । हालै, नासाले सुपरसोनिक जेटको सफलतापूर्वक परीक्षण गरेको समाचारमा जनाइएको छ । 

 यो विमान ध्वनिको गतिमा उड्छ ।  सबै कुरा ठीकठाक भयो भने यसले व्यावसायिक उड्डयनलाई उल्लेखनीय रूपमा रूपान्तरण गर्न सक्छ ।

यो सुपरसोनिक विमान नासा र अमेरिकी हतियार र विमान निर्माता कम्पनी लकहिड मार्टिनले संयुक्त रूपमा विकास गरेको हो । गएको मंगलबार यो विमानले दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा सफलतापूर्वक परीक्षण उडान गरेको हो । १९४० को दशकदेखि विमानहरू सुपरसोनिक गतिमा उडान गर्न सक्षम रहेका छन् । तर, यी विमानबाट आउने अत्यधिक ठूलो आवाजको कारण यिनीहरूलाई व्यावसायिक प्रयोगको लागि प्रतिबन्ध लगाइएको छ । 

ब्रिटिश एयरवेज र एयर फ्रान्सको सुपरसोनिक कन्कर्डले १९७० को दशकमा एट्लान्टिकमाथि उडान सुरु गरेको थियो । यद्यपि, तीन वर्षअघि भएको दुर्घटना र यसको महँगो सेवाको माग घट्दै गएपछि, यसलाई २००३ मा ग्राउन्डेड गरिएको थियो ।

 नासा र लकहिड मार्टिन सुपरसोनिक विमानको आवाज कम गर्न सफल भए भने यी सुपरसोनिक विमानहरूले यात्रा समय लगभग आधा घटाउन सक्नेछन् । जसले व्यावसायिक हवाई यात्रा उद्योगमा ठूलो परिवर्तन ल्याउन सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप