अपडेट
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, १४ कात्तिक २०८२, १० : ५६
सारांश
- शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ, र प्रति तोला २७०० रुपैयाँले वृद्धि भएको छ।
- बिहीबार सुनको मूल्य २ लाख ३६ हजार ३०० रुपैयाँ तोकिएकोमा शुक्रबार २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि बढेर प्रति तोला ३ हजार ६० रुपैयाँ पुगेको छ, जुन बिहीबार २ हजार ९८० रुपैयाँ थियो।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो ।
जसअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण