जेनजी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरूलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उनको भनाई थियो ।
उपसभापति वाग्लेले भने,‘हामीले कल्पना नै नगरका परिवर्तनहरू पनि भएका छन् । पोलिटिक्सबाट एक्जिट भएका छन् धेरै पुराना पात्रहरू । पुराना पात्रहरूप्रति रोष पनि विस्फोट भएको हो । डा. बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रस्तुत गर्नुभयो । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्व प्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ । अन्य दलहरूमा पनि यसले जुन रूपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ । त्यसलाई बिस्तारै सङ्ग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानुनै पर्ने हुन्छ । र अन्तत्वगत्वा निर्वाचनबाट अनुमोदित नभई धेरै कुराले वैधता नपाउने भएको हुनाले यतातिर पनि मुलुकले सोचिराखेको छ । यसमा बहसहरू चलिरहेका छन् । त्यसले पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ । पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरूलाई पनि जोगाउनु छ । कहिलेकाहीँ यो हुल आँधीबेहरीमा पुराना उपलब्धिहरूलाई बढार्ने काम हुन्छ । पश्चगमनका प्रयासहरू पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो । तर यसका सीमाहरू छन् । विधि, विधान, संविधान धेरै मिच्न भएन । र त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुराहरूलाई पनि ट्र्याकमा ल्याउन पर्यो । ट्र्याकमा ल्याउने विधिहरू पनि सीमित छन् । तर यो सबै गर्ने हामीले नै हो ।’
उपसभापति वाग्लेले संविधानबाट डिरेल भएका कतिपय कुरालाई पनि ट्र्याकमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण