मन्त्री बन्ने लिस्टमा नाम आएपछि मेराे चरित्र हत्या भयाे : खगेन्द्र सुनार
शुक्रबार, १४ कात्तिक २०८२, १५ : ५६
काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन् ।
सुनारले जाजरकोटका नवराज विक सहितको सामूहिक हत्या भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।
आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए ।
उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख गरे ।
आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हतकडी लगाएर लैजान उनले आग्रह गरे । उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण