जनकपुरमा ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरु
जनकपुरधाम । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ शुक्रबारदेखि सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा र इङ्गल्यान्ड निवासी मधेस विषयका अनुसन्धानकर्ता माइकल हट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यशालामा सामा–चकेवा पर्वको सांस्कृतिक महत्त्व, कलात्मक पक्ष र नयाँ पुस्तालाई परम्परागत कला तथा संस्कृतिसँग कसरी जोड्ने भन्ने विषयमा विशेष छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माइकल हट्टले मिथिला क्षेत्रको सांस्कृतिक गहिराइ र सामा–चकेवा पर्वले सामाजिक सम्बन्ध सुदृढ बनाउने उल्लेख गर्दै यस परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावनाबारे चर्चा गरे ।
उनले भने, ‘स्थानीय कलाकारहरूको सीप र सृजनशीलतालाई विश्वस्तरमा प्रवर्द्धन गर्न अध्ययन, अभिलेखीकरण र प्रोत्साहन आवश्यक छ । यसले मात्र हाम्रो सांस्कृतिक सम्पदालाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सकिन्छ ।’
कोषका अध्यक्ष जीवनाथ चौधरीले सामा–चकेवा पर्वको महत्वमा प्रकाश पारे । उनले भने, ‘सामा–चकेवा हाम्रो मिथिलाञ्चलको सांस्कृतिक सम्पदा हो । यसले दिदीबहिनी र भाइबिचको प्रेम, आत्मीयता र सामाजिक एकताको सन्देश दिन्छ । यो परम्परा मात्र उत्सव नभई हाम्रो पहिचानको जरा हो ।’ उनले थपे, ‘मैथिली विकास कोषले स्थानीय कलाकार, युवापुस्ता र विद्यार्थीहरूलाई परम्परागत मूर्तिकला र मिथिलाकला सिक्न प्रेरित गर्दै आएको छ । सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक छ ।’
कार्यक्रमका अन्य वक्ताहरूले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरूलाई मिथिलाको कलात्मकता र भावनात्मक सम्बन्धको प्रतीकको रूपमा वर्णन गरे । उनीहरूले यस्ता कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यशालाको क्रममा सहभागीहरूले सामा–चकेवा पर्वसँग सम्बन्धित विभिन्न मूर्तिहरूको निर्माण अभ्याससमेत गरेका छन् । यस अवसरमा कलाकारहरूलाई आधुनिक प्रविधिको प्रयोगमार्फत परम्परागत कलालाई अझ आकर्षक बनाउने सुझाव दिइएको थियो ।
मैथिली विकास कोषका अनुसार आगामी दिनहरूमा यस्ता कला–संस्कृति केन्द्रित कार्यशालाहरूलाई विद्यालय र समुदाय स्तरमा विस्तार गर्ने योजना रहेको छ ।
कार्यक्रममा कोषका सदस्य श्यामसुन्दर शशी, सदस्य नित्यानन्द मण्डल, रूबी पाठक, सुधा कर्ण लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण