लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात : पर्यटक उत्साहित
सारांश
- रसुवाको लाङटाङ र क्याङ्जेन क्षेत्रमा हिमपात हुँदा पर्यटकहरू रमाएका छन्।
- गोसाईंकुण्ड क्षेत्रमा ६ इन्चसम्म हिउँ जमेको छ, जहाँ आन्तरिक तथा धार्मिक पर्यटकको चहलपहल बढेको छ।
- विपद् व्यवस्थापन समितिले मौसमको जानकारी लिएर मात्र यात्रा गर्न र न्यानो कपडाको प्रयोग गर्न अनुरोध गरेको छ।
रसुवा । पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् । दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ ।
गोसाईंकुण्ड गाउँपालिका–४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबिच रमाइरहेको जानकारी दिए ।
खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खान बस्न कुनै समस्या नभएको लाङटाङ पदमार्गका व्यवसायीले बताएका छन् ।
यसैबिच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङटाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । हिमपातसँगै अत्यधिक चिसो हुने हुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुट जुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
तपस्वी बाबा विजयका अनुसार समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्ड क्षेत्रमा अहिले छ इन्च बाक्लो हिमपात भएको भएको छ ।
गोसाईंकुण्ड जाने बाटोमा पर्ने लौरी विनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण