कोहलपुर—सुर्खेत १३२ केभीः असोजमा सक्ने प्रतिबद्धता अनुसार काम नभएपछि मुख्यमन्त्रीद्वारा स्थलगत अनुगमन
सारांश
- कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको काम फेरि पछि धकेलिएको छ, जसले कर्णालीमा विद्युत समस्या समाधान गर्ने लक्ष्य राखेको थियो।
- मुख्यमन्त्री यामलाल कँडेलले आयोजनाको स्थलगत अवलोकन गर्दै काम छिटो सक्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
- आगामी कात्तिक महिनाभित्र सुब्बाकुना सबस्टेशनमा विद्युत् चार्ज गर्ने लक्ष्य निर्धारित समयमा पूरा नहुने देखिएको छ।
सुर्खेत । कर्णालीमा लामो समयदेखि जारी विद्युतको लो–भोल्टेज समस्या समाधानको कडीका रूपमा हेरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम फेरि पछि धकेलिएको छ ।
गत असोज महिनाभित्रै सम्पन्न गर्ने दाबी गरिएको उक्त आयोजनाको काम सम्पन्न हुन नसकेको हो । कर्णाली प्रदेशमा अहिले पनि दैनिक १० पटकसम्म विद्युत् अनियमित हुने गरेको र लो भोल्टेजको समस्या कायमै छ । यस समस्याको स्थायी समाधानका रूपमा हेरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम यसअघि असारमै ९० प्रतिशत सकिएको भनिए पनि तोकिएको समयमा सम्पन्न हुन नसकेको हो ।
यस्तो अवस्थामा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार हर्रे र बबई क्षेत्र पुगेर अवलोकन गरेका छन् । आयोजनाको अवलोकनका क्रममा मुख्यमन्त्री कँडेलले काममा थप सहजीकरण गर्न आफूहरू निरन्तर प्रयासमा रहेको बताए ।
उनका अनुसार कात्तिक महिनाभित्र सुब्बाकुना सबस्टेशनमा विद्युत् चार्ज गर्न सकिने भनिएको थियो । निर्धारित कार्यक्रम पछिल्लो आन्दोलन र चाड पर्वका कारण केही ढिलाइ हुने आयोजनामा कार्यरत कर्मचारीहरूले आफूलाई जानकारी दिएको कँडेलले बताए ।
मुख्यमन्त्रीले रोकिएका कामहरू अहिले पुनः सुरु भएको र कर्णालीको लाइफलाइन यो आयोजना छिटो सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट खबरदारी र पहलकदमी गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण