आईसीसी विश्वकप लिग–२
नेपालले गुमायो चौथो विकेट
शनिबार, १५ कात्तिक २०८२, १३ : ०१
सारांश
- अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमायो।
- आरिफ शेख २ रनमा आउट भए भने भीम सार्की ४३ रनमा बोल्ड आउट भए।
- नेपालले २५ ओभरमा ४ विकेट गुमाएर ११६ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २५औँ ओभरको पहिलो बलमा आरिफ शेखलाई २ रनमा गुमाएको हो । उनलाई अमेरिकाका बलर शौरव नेत्रभाल्करले क्याच आउट गराएका हुन् ।
यसअघि २२औँ ओभरको पाँचौँ बलमा नेपालका भीम सार्की ४३ रनमा बोल्ड आउट भएका थिए ।
यो विकेटसँगै नेपालले २५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ११६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण