बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन
सारांश
- म्याग्दीको बेनी-दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ।
- फापरखेतमा खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरि गाउँपालिकासँगको यातायात अवरुद्ध भएको थियो।
- सडक वि.सं. २०६१ मा खुलेदेखि नै पहिरोको समस्या रहेको र बेलिब्रिज जडानको योजना अगाडि बढेको छैन।
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्क विच्छेद भएको थियो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले आज पहिरो पन्छाएपछि यातायात सञ्चालन भएको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए । सडक खुलेपछि दरवाङदेखि बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न सहरमा जाने यातायात सञ्चालन भएका छन् ।
उक्त स्थानमा विसं २०६१ मा सडकको मार्ग खोलेदेखि नै पहिरोको समस्या रहेको छ । यसको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्ने भनिए पनि योजना अगाडि बढेको छैन । दीर्घकालीन हिसाबले पहिरो रोकथामको सम्भावना नभएपछि पूर्वाधार विकास कार्यालयले अस्थायी रूपमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण