बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सचिवालय बैठकमा जनार्दन अनुपस्थित

आइतबार, १६ कात्तिक २०८२, ११ : २७
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सचिवालय बैठकमा अनुपस्थित भएका छन् । पार्टी एकताबारे निर्णय लिन बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडा जारी बैठकमा शर्मा सहभागी नभएको एक नेताले बताए । 

‘जनार्दनबाहेक अन्य नेताहरू बैठकमा  सहभागी हुनुहुन्छ । बैठक अहिले जारी छ’, ती नेताले भने । शनिबार बसेको सचिवालय बैठकमा शर्माले पार्टी एकताको विपक्षमा उभिएका थिए । तीन बुँदे लिखित धारणा राखेर बाहिरिएका थिए । शर्माको सचिवालयले पनि बैठकमा सहभागी नभएको जानकारी दिएको छ । 

शर्माले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने पक्षमा उभिएका छन् । हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा हुने तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकुल परिणाम ल्याउने शर्माको निष्कर्ष थियो । त्यसैले एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने उनको भनाइ थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप