माओवादी केन्द्र र जेनजी पुस्ताको धारणा समान छ : सापकोटा
सारांश
- माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ताका मागहरू आफ्नो पार्टीले पहिलेदेखि नै उठाउँदै आएको बताए।
- उनले जेनजी पुस्तासँग माओवादी केन्द्रको सोच र विचार साझा रहेको बताए, र यस विषयमा छलफल भइरहेको छ।
- सापकोटाले विप्लव नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिन दल दर्ता गर्ने कुरालाई सकारात्मक भने।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ताले उठाएका मागहरू आफ्नो पार्टीले पहिलेदेखि नै उठाउँदै आएको दाबी गरेका छन्। उनले जेनजी पुस्तासँग माओवादी केन्द्रको सोच, विचार र धारणासमेत साझा रहेको बताएका हुन्।
आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सापकोटाले जेनजी पुस्ताका मागहरूप्रति आफ्नो पार्टी सकारात्मक रहेको स्पष्ट पारे। उनले प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटमा पनि आफूहरूले यी कुरा उठाउँदै आएको स्मरण गरे। उनले जेनजी पुस्ताले उठाएका सबै मागहरू जायज रहेको जिकिर गरे।
नेता सापकोटाले भने, ‘हामी जेनजीले उठाएका मागहरूमा सकारात्मक मात्रै होइनौँ, ती त हामीले पहिलादेखि नै उठाएका मागहरू हुन्। र, उनीहरूको हाम्रो धारणा समान छ, साझा छ। अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौँ। चाहे प्रधानमन्त्रीले बोलाउँदा होस् वा राष्ट्रपतिले बोलाउँदा खेरी होस्, जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ। त्यहाँ एकरूपता भइरहेको छ। यही कुरा म फेरि पनि स्पष्ट पार्न चाहन्छु।’
यसैगरी, नेता सापकोटाले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरूले सकारात्मक रूपमा लिएको टिप्पणीसमेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण