वीरेन्द्रनगरमा शिक्षक सरुवा विवाद चर्कियो, प्रहरीसँगको झडपमा एक घाइते
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा शिक्षक सरुवाको विषयलाई लिएर विवाद भएको छ।
- आन्दोलनका क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा एकजना घाइते भएका छन्।
- शिक्षकहरूले नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै विरोध जनाएका छन्।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शिक्षक सरुवालाई लिएर चर्को विवाद सिर्जना भएको छ । नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । यस क्रममा प्रहरीसँगको झडपमा नेपाली कांग्रेस निकट एक कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली कांग्रेस निकट कार्यकर्ता बखतबहादुर शाही रहेका छन् । उनलाई प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको थियो । शाहीले आफू अभिभावकको तर्फबाट गएको र प्रहरीले दमन गरेको आरोप लगाएका छन् । उनको गोप्य अङ्गमा चोट लागेको भनिएको छ र उनी वीरेन्द्रनगरस्थित माया नर्सिङमा उपचार गराइरहेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले शाहीले शान्तिपूर्ण आन्दोलनलाई उच्छृङ्खल बनाएपछि नियन्त्रणमा लिइएको र पछि छाडिएको बताए । उनले शाही शिक्षक नभएको र प्रहरीमाथि समेत हातपात गर्न खोजिएको दाबी गरे ।
असन्तुष्ट शिक्षक तथा नेपाल शिक्षक सङ्घमा आबद्ध केही व्यक्तिहरूले शिक्षकहरूले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि धर्ना दिनुका साथै नगर शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।
उनीहरूले आफ्ना व्यक्तिगत समस्या नबुझी केही नजिकका व्यक्तिलाई फाइदा पुर्याउनका लागि सरुवा गरिएको आरोप लगाएका छन् । नगरपालिकाले भने कात्तिक १२ गते गरिएको सरुवाको निर्णय विद्यमान शिक्षा ऐन अनुसार नै भएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण