पश्चिमी वायुको प्रभाव कायमै
सारांश
- पश्चिमी वायुको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।
- मोन्था चक्रवातका कारण केही दिन जनजीवन प्रभावित भएको थियो भने हिमपातले पर्यटक फसेका थिए।
- सशस्त्र प्रहरीले मनाङमा फसेका १३ जना पर्यटकको उद्धार गरेको थियो र लमजुङमा सबैभन्दा बढी वर्षा भयो।
काठमाडौँ।नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरूलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो ।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो । त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ ।
तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर वर्षा भएको थियो । वर्षा मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण