शंकर पोखरेल भन्छन्– केपी ओलीलाई स्थानहद गरेर चुनाव हुन्छ भन्नु काल्पनिक हो
सारांश
- एमाले महासचिव शंकर पोखरेलले केपी ओलीलाई स्थान हद तोक्ने कुरा काल्पनिक भएको बताए।
- उनले वर्तमान सरकार कार्यादेश अनुसार चल्न नसकेको र बल प्रयोगको अधिकार जसलाई दिएको छ उसैले गर्ने बताए।
- उनले सरकारले शान्ति सुरक्षामा ध्यान दिन नसकेको र कांग्रेससँग संवाद गर्ने तयारी गरेको बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकेर सरकारले निर्वाचन गराउँछु भन्नु काल्पनिक कुरा भएको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकार कार्यादेश अनुसार चल्नै नसकेको बताएका हुन् ।
‘प्रमुख पार्टीको नेतालाई स्थान हद तोक्ने अनि चुनाव गर्छु भन्ने कुरा चुनाव गर्ने बाटो होइन’, पोखरेलले भने– ‘स्थानहद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय फिर्ता गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
उनले नेपालको इतिहासमा विभिन्न कालखण्डमा राज्यको बल प्रयोगबाट विभिन्न क्षति भए पनि प्रधानमन्त्रीलाई दोष देखाउने काम नभएको भन्दै लोकतान्त्रिक व्यवस्थाभित्र बल प्रयोगको अधिकार जसलाई दिएको छ उसैले गर्ने समेत बताए ।
उनले संविधान, संसद् र जनताले समेत नचिनेको यो सरकार असंवैधानिक भएकाले एमाले संसद् पुनर्स्थापनाको पक्षमा उभिएको भन्दै उनले यो मुद्दामा अदालतले समेत विगतको नजिरलाई आधार मानेर पुनर्स्थापना हुनेमा विश्वस्त हुन सकिने बताए ।
जेनजी आन्दोलनपछि सुरक्षा कायम गर्ने निकाय नेपाल प्रहरीको मनोबल खस्किएको अवस्थामा सरकारले शान्ति सुरक्षामा ध्यान दिन नसकेको समेत बताए । उनले यसबारे नेपाली कांग्रेससँग संवाद गरेर साझा दृष्टिकोण बनाउने तयारी गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण