बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

सोमबार, १७ कात्तिक २०८२, २२ : १५
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परी पानीनी गाउँपालिकाका १८ वर्षीय गौतम विक र २४ वर्षीय सागर विकको मृत्यु भयो।
  • घाइते भएका २५ वर्षीय सन्तोष घर्तीलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।

अर्घाखाँची । यहाँको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिए । 
 
सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको  खज्र्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप