३ महिनामा २६ करोडको अवैध सामान बरामद
सारांश
- सशस्त्र प्रहरीले साढे ३ महिनामा झन्डै २६ करोडको अवैध सामग्री बरामद गरेको छ।
- अवैध सामग्री ओसारपसारमा संलग्न ३० जना तस्कर पक्राउ परेका छन्।
- प्रहरीले मानव बेचबिखनमा परेका २१ महिलाको उद्धार र लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
रौतहट । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी नेपालले सवा ३ महिनाको अवधिमा झन्डै २६ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। उक्त अवधिमा अबैध सामान तस्करीमा संलग्न ३० जना तस्करलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालको कमान्डमा रहेका मधेस प्रदेशस्थित नम्बर २ छिन्नमस्ता बाहिनी मातहतका विभिन्न गणहरूले साउनदेखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेको कारबाहीमा २५ करोड ८७ लाख ९५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको बाहिनीले जनाएको छ।
अवैध ओसारपसारविरुद्धको अभियानअन्तर्गत सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सास्थित गणहरूले पृथक् कारबाहीमा ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेका छन्।
त्यस क्रममा पर्सास्थित सशस्त्र प्रहरी नं.१३ गणले मात्र ९ करोड ९८ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो। त्यस्तै सोही अवधिमा रौतहटस्थित सशस्त्र प्रहरी बल नं.११ गण हेक्वा रौतहटले २ करोड ९४ हजार ७६८ रुपैयाँको सामग्री बरामद गरेको एसपी रामहरि अधिकारीले बताएका छन्।
मानव बेचबिखनविरुद्धको कारबाहीमा २१ जना महिलाको उद्धार गरिएको र १९ जना पुरुषलाई पक्राउ गरिएको बाहिनीले जनाएको छ। त्यस्तै, एक थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ।
लागुऔषध नियन्त्रणअन्तर्गत २८ क्विन्टलभन्दा बढी गाँजा, ३० किलो चरेस, ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित १७ जना पक्राउ परेका छन्। साथै, सशस्त्र प्रहरीले श्रोत नखुलेको ५२ लाखभन्दा बढी नेपाली र ७ लाख भारतीय रुपैयाँ पनि बरामद गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण